मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यू-१९ विश्वकप अघि आज स्कटल्याण्डविरुद्ध अभ्यास खेल खेल्दै  नेपाल

काठमाडौँ – विश्वकप अगाडिको अभ्यासका लागि  अफ्रिका पुगेको यू–१९ नेपाली टोलीले आजदेखि औपचारिक अभ्यास खेल खेल्दैछ।

विश्वकपअघि नेपालले स्कटल्यान्डको यू–१९ टोलीसँग औपचारिक रूपमा पहिलो अभ्यास खेल खेल्न लागेको हो ।

 नेपाली समय अनुसार नेपालको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपअघि प्रत्येक टोलीलाई दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ ।

नेपालले अर्को  अभ्यास खेल माघ २ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ।

नेपालले यसअघि दक्षिण अफ्रिकामा दुई वटा अनौपचारिक अभ्यास खेल खेलिसकेको छ। दुई खेलमा नेपालले दुई जित निकालेको हो। 

यू–१९ विश्वकप जनवरी १९ तारिखदेखि सुरु हुदै छ । नेपालसहित १६ वटा राष्ट्रको सहभागिता रहेको  प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?