मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विराट कोहली पहिलो टी–२० शृंखलाको खेलबाट बाहिरिए

काठमाडौं – भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले निकट भविष्यमा हुने अफगानिस्तानविरुद्धको टी–२० शृंखलाअन्तर्गतको पहिलो खेल नखेल्ने भएका छन् । भारतीय टोलीका प्रमुख प्रशिक्षक राहुल द्रबिडले पनि यसको पुष्टि गरेका छन् ।

द्रबिडका अनुसार, व्यक्तिगत कारणले कोहली पहिलो टी–२० बाट बाहिरिएका हुन् । कोहली बाँकी दुई टी–२० मा भने टोलीमा समावेश हुनेछन् । कोहली र रोहित शर्मा सन् २०२२ को टी–२० विश्वकपपछि पहिलो पटक भारतको टी–२० टोलीमा फर्किएका हुन् ।

भारत र अफगानिस्तानबिचको पहिलो टी–२० खेल बिहीबार मोहालीमा खेलिने छ । दोस्रो खेल जनवरी १४ र तेस्रो खेल जनवरी १७ तारिखमा खेलिने छ । प्रशिक्षक द्रबिडले अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलामा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी पनि गरेका छन् ।

यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपअघि भारतले अन्तिम टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृंखलालगत्तै भारतीय टोलीले इङ्ल्यान्डसँग पाँच खेलको टेस्ट शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।

त्यसपछि अन्य खेलाडीसँगै भारतीय खेलाडीहरू पनि इन्डियन प्रिमियर लिगमा व्यस्त हुनेछन् । रोहित र कोहलीलाई टी–२० शृङ्खलाका लागि टोलीमा समावेश गरिएपछि त्यसको चर्को आलोचना पनि भइरहेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० को उक्त निर्णयलाई लिएर भारतका पूर्वक्रिकेटरहरु दुई समूहमा विभाजित भएका छन् ।

केही पूर्वक्रिकेटरले रोहित शर्मा र विराट कोहलीलाई टी–२० टोलीमा फिर्ता बोलाउने निर्णयको आलोचना गरेका छन् । भारतीय टोलीका पूर्व खेलाडी दीप दासगुप्ताले रोहित र कोहली पुनः टी–२० टोलीमा फर्कँदा युवा खेलाडीहरू ओझेलमा परेको आरोप लगाएका छन् ।

पूर्वक्रिकेटर सौरभ गांगुली र सुनिल गावस्करले भने रोहित शर्मा र विराट कोहलीलाई टी–२० टोलीमा समावेश गर्ने निर्णय उपयुक्त भएको टिप्पणी गरेका छन् । उनीहरुले सिनियर खेलाडीको उपस्थितिले युवा खेलाडीमा पनि उर्जा थप्ने विश्वास ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?