मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय टिमबाट अलग भए क्रिकेटर सन्दीप

काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले राष्ट्रिय टिम छाडेका छन् । 

जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा हिजो ८ वर्ष कैद सजायको अन्तिम फैसला गरेसँगै उनले हिजो नै क्यानलाई एक पत्र लेखेर राष्ट्रिय टिमबाट अलग भएको जानकारी दिएको बताइएको छ ।

उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र लेखेर यसबारे जानकारी दिएको भनिए पनि यसबारे क्यानले हालसम्म औपचारिक जानकारी दिएको छैन । क्यानका अध्यक्ष चन्दले यो विषयमा आजै प्रेस रिलिजमार्फत जानकारी दिने बताए ।

क्यानलाई लेखेको पत्रमा सन्दीपले आफू काठमाडौँ अदालतबाट दोषी ठहर भए पनि न्यायका लागि माथिल्लो अदालतमा जाने उल्लेख गरेका छन् ।

अदालतबाट दोषी ठहर भएपछि बागमती क्रिकेट सङ्घले सन्दीप लामिछानेलाई यसअघि नै बाहिर राखेर टिमको घोषणा गरेको थियो ।

बागमतीले हिजो रित गौतमको कप्तानीमा घोषणा गरेको १४ सदस्यीय क्रिकेट टिममा सन्दीपलाई समावेश गरिएको छैन ।

नेपाल क्रिकेट सङ्घले सन्दीपलाई राष्ट्रिय क्रिकेटमा समावेश गर्ने/नगर्ने कुरा अदालतको अन्तिम फैसलापछि निर्णय गरिने बताउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?