मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रिकेटर सन्दीपलाई आज सजाय तोकिँदै

काठमाडौँ – बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो । 

लामिछानेलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । उनले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

यद्यपि अदालतले किशोरी नावालिका नभएको ठहर गरेको छ । पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो ।

लामिछानेलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने काठमाडौँ जिल्ला अदालतले जनाएको छ । १८ वर्ष पुगेकी वा सोभन्दा बढी उमेरकी महिलाको हकमा यो सजाय हुने कानुनी व्यवस्था रहेको अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?