मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा आज दुई खेल

काठमाडौँ – सुर्खेतमा जारी ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा आज दुई वटा खेल हुँदै छन् । 

पहिलो खेलमा शशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी मैदान उत्रिदा दोस्रो खेलमा आर्मीले पुलिसको सामना गर्ने छ । 

पहिलो खेल बिहान साढे १० बजे हुने पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश खेल्दै छन् । साबिक विजेता समेत रहेको एपीएफ समूह ए को विजेता हो भने गण्डकी समूह बी को उपविजेता हो ।

यसै गरी आर्मीले र नेपाल पुलिस मैदान उत्रने दोस्रो सेमिफाइनल खेल दिउँसो एक बजे हुने छ । आर्मी समूह ‘बी’ को विजेता हो । पुलिस भने समूह ‘ए’ को उपविजेता हो । नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?