मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्राजिलको प्रशिक्षक बने डोरिभल जुनियर

काठमाडौं । ब्राजिलले पुर्व खेलाडी एवम हाल साओ पाओलो क्लबका प्रशिक्षक डोरिभल जुनियरलाई राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त गरेको छ । ब्राजिलियन फुटबल फेडेरेसनले शुक्रबार मात्र अन्तरिम प्रशिक्षक फेर्नानडो डिनिजलाई बर्खास्त गरेको थियो ।

६१ बर्षिय डोरिभल गत अप्रिल देखि साओ पाओलोको प्रशिक्षक रहेका छन् । उनलाई २०२६ को विश्वकप सम्मका लागि प्रशिक्षक नियुक्त गरिएको छ । सन् २००२ देखि प्रशिक्षकको भूमिकामा रहेका डोरिभल ब्राजिलमा अनुभवी प्रशिक्षक मानिन्छन् ।

ब्राजिलले यस अघि हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका इटालीका कार्लोस एन्सेलोटीलाई भित्र्याउने प्रयस गरेपनि उनले रियल म्याड्रिडमै आफ्नो सम्झौता लम्बाएपछि सो प्रयास असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?