मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्डरल्याण्डलाई हराँउदै न्युक्यासल एफए कपको चौथो चरणमा प्रवेश

काठमाडौँ– एफए कप फुटबल अन्तर्गत सन्डरल्याण्डलाई हराँउदै न्युक्यासल युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा न्युक्यासलले सन्डरल्याण्ड विरुद्ध ३–० गोलको सहज जित निकालेको हो ।

न्युक्यासलका लागि एलेक्जेन्डर इशाकले दुई गोल गरेका थिए भने एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो ।

सन्डरल्याण्डका डानियर बालार्डले खेलको ३५औँ मिनेटमा आत्मघाति गोल गरेपछि न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि इशाकले खेलको ४६औँ र ९०औँ मिनेटमा गोल गरेपछि न्युक्यासल युनाइटेड ३–० गोलले विजयी हुँदै प्रतियोगिताको चौथो चरणमा प्रवेश गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?