मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इटालियन सिरी ए : इन्टर मिलानलाई ५ अंकको अग्रता

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा अन्तर्गत शीर्ष स्थानमा रहेको इन्टर इन्टरले भेरोनालाई पराजित गरेको छ । शनीबार भएको खेलमा मिलाने भेरोनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । योसँगै ३ अङ्क थप्न सफल इन्टरले दोस्रो स्थानमा रहेको युभेन्टसलाई ५ अंकले पछि पारेको हो ।
 इन्टरको १९ खेलबाट ४८ अङ्क भएको छ भने एक खेल कम खेलेको युभेन्टसको ४३ अङ्क रहेको छ ।

घरेलु मैदानमा इन्टरलाई जिताउन लाउतारो मार्टिनेज  र डेभिड फ्राटेसीले एक एक गोल गरे। भेरोनाका लागि थोमस हेनरीले एक गोल फर्काए ।

१३ ओं मिनेटमा हेनरिक मिखितरियनको पासमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए । ७४ औँ मिनेटमा ओनडरेज डुडाको पासमा भेरोनाका हेनरीले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो ।तर, दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा फ्राटेसीले गोल गर्दै २–१ ले अघि बढाए । 

अतिरिक्त समयको पाँचौं मिनेटमा भेरोना १० खेलाडीमा समेटिएको भेरानाले फेरि गोल फर्काउन सकेन ।  अतिरिक्त समयको १० औँ मिनेटमा भेरोनाले पेनाल्टी पाउँदा एम डुजरिकले गोल गर्न असफल रहे।  अन्ततः इन्टर मिलान २–१ गोलले विजयी भयो । भेरोनाका डारको लाजोभिकले रातो कार्ड पाएका थिए ।

 पराजित भएको भेरोना १९ खेलबाट १४ अङ्कका साथ तालिकाको १८ औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?