मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाकिस्तानविरुद्ध अस्ट्रेलियाको क्लिन स्विप

काठमाडौँ – पाकिस्तानसँगको टेस्ट क्रिकेट शृङ्खलामा अस्ट्रेलियाले क्लिन स्वीप गरेको छ । 

अस्ट्रेलियाले तीन टेस्टको सिरिज ३–० ले जित्दै क्लिन स्विप गरेको हो । तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली आठ विकेटले विजयी भयो ।

यसअघि पर्थमा भएको पहिलो टेस्ट ३ सय ६० र मेलबर्नमा भएको दोस्रो टेस्ट ७९ रनले जितेको अस्ट्रेलियाले शृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो ।

जितका लागि १ सय ३० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया दुई विकेट गुमाएर सजिलै त्यहाँसम्म पुगेको थियो । उसका मार्नस लाबुसेन ६२ रनमा अविजित रहे । आफ्नो अन्तिम टेस्ट खेलेका डेविड वार्नर ५७ रनमा आउट भए ।

वार्नरले अब अष्ट्रेलियाको टोलीबाट टी–२० मात्रै खेल्नेछन् । उनले टेस्ट र एकदिवसीयमा यसअघि नै सन्यासको घोषणा गरिसकेका छन् । 

सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा अलआउट हुँदै ३ सय १३ रन बनाएको थियो । तर अस्ट्रेलियाले २ सय ९९ रन जोडेको थियो ।

अस्ट्रेलिया १४ रनले पछि परेको अवस्थामा पाकिस्तानको दोस्रो पारी कमजोर रह्यो । पाकिस्तान १ सय १५ रनमा अलआउट भयो ।

एक सय २९ रनको अग्रता अस्ट्रेलियाले दुई विकेट गुमाएर पूरा गर्यो । उसका ओपनर उस्मान ख्वाजा खाता नै नखोली आउट भएका थिए । पाकिस्तानका साजिद खानले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?