मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बर्नलीलाई हराउँदै टोटनहम एफए कपको चौथो चरणमा

काठमाडाैँ– टोटनहमले इंग्लिस प्रिमियर लिग क्लब प्रतिद्वन्द्वी बर्नलीलाई पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । पेड्रो पोरोको उत्कृष्ट गोलको मद्दतले १–० को जित हात पार्दै टोटनहम चौथो चरणमा प्रवेश गरेको हो ।

सन् २००८ यता टोटनहमले कुनै उपाधि जित्न सकेको छैन । तर यसपल्ट भने कम्तीमा कप उपाधिका लागि बलियो प्रत्याशी देखिएको छ ।

तेस्रो चरणको अर्को खेलमा फुहमले दोस्रो डिभिजनको च्याम्पियनसिप क्लब रोथरह्यामलाई १–० ले हरायो । यस्तै ब्रेन्टफोर्ड र उल्भ्सले भने १–१ को बराबरी खेले । यी दुई टिमबीच चौथो चरण पुग्नेको निर्णयका लागि अब रि–म्याच खेल्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?