मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इटालियन सिरी ए : बोलोग्ना र जेनोवाकाे बराबरी

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवाले बराबरी खेल्दै अंक बाँडेका छन् । गए राति भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेका हुन् ।

बोलोग्नाका लागि लोरेन्जो डि सिल्वेस्ट्र र जेनोवाका अल्वर्ट गुडमन्डसनले एक–एक गोल गरेका थिए ।

जेनोवाले खेलको २०औँ मिनेटमा सुरुवाती गोल गरे पनि बोलोग्नाले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल रोक्न नसक्दा जित कायम गर्न सकेन ।

यो बराबरीपछि बोलोग्ना १९ खेलबाट ३२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ भने जेनोवा २२ अंकका साथ १२औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?