मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रिकेटबाट ज्योतिको सन्यास, गार्ड अफ अनर दिएर विदाइ

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी ज्योति पाण्डेले क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन् । बुधबार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलपछि ज्योतिले क्रिकेटबाटै सन्यासको घोषणा गरेकी हुन् । एपीएफका खेलाडीले ज्योतिलाई गार्ड अफ अनरद्वारा सम्मान गरेका थिए।

प्रतियोगिताको फाइनलमा एपीएफले कोसी प्रदेशसलाई ११ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । एपीएफले उपाधि जित्दा ज्योति टिमकी महत्वपूर्ण सदस्य बनेकी थिइन् ।

एपीएफबाट घरेलु प्रतियोगिता खेल्ने ज्योतिले सन् २०२१ मा कतारविरुद्धको खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेकी थिइन् । अन्तर्राष्ट्रिय ‘डेब्यु’ २०२१ मा गरे पनि तर, उनले सन् २०१७ देखि नै राष्ट्रिय टिमबाट खेल्दै आएकी थिइन् । उनले पछिल्लो पटक सन् २०२३ को जुनमा मलेसियाविरुद्ध नेपाली टिमबाट खेलेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?