मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पीएम कपको उपाधि एपीएफको कब्जामा

काठमाडौं । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला टी-२० को उपाधि कब्जा गरेकाे छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।

एपीएफले दिएको ११५ रनको लक्ष्य पछाएको कोशीले २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रन बनाएको थियो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्बाधिक ६२ रन बनाएकी थिइन् भने काजल श्रेष्ठले २२ रनको योगदान दिएकी थिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै एपीएफ क्लबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन् । सो क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गरिन् । यस्तै ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाएकी थिइन् ।

त्यस्तै बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन् । उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन् । बेगमले पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन् । यस्तै एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक–एक विकेट लिइन् ।

त्यस्तै प्रतियोगिताको विजेता एपीएफले पाँच लाख तथा उपविजेता कोशी प्रदेशले तीन लाख पुरस्कार प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?