मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र कोशी बिचको उपाधि भिडन्त आज

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज विभागीय टोली एपीएफ र कोशी प्रदेशबीच उपाधि भिडन्त हुनेछ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुन लागेको फाइनल खेल बिहान ११ बजे सुरु हुनेछ ।

प्रतियोगितामा एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको टोली हो । लिग चरणमा सबै खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै, पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

जारी प्रतियोगितामा यी दुई टोलीबिच आज तेस्रो भिडन्त हुँदैछ भने यस अघिका दुवै खेलमा एपीएफले जितेको थियो । लिग चरणमा एपीएफले ८ विकेटले कोशीलाई पराजित गरेको थियो । अब तेस्रो भिडन्तमा कोशीले एपीएफलाई हराएर बदला लिने अवसर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?