मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लासँग बर्नली ३–२ गोलले पराजित

काठमाडाैँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले बर्नलीलाई हराएको छ । गएराति भएको खेलमा बर्नलीलाई ३–२ गोलले हराउँदै भिल्लाले रोमाञ्चक जित निकालेको हो ।

भिल्लाका लागि लियोन बेली, मुसा डायबी र डगलस लुइजले एक–एक गोल गरेका थिए । यस्तै, बर्नलीका जेकी आमदौनी र लिल फोस्टरले एक–एक गोल फर्काएका थिए ।

खेलको २८औँ मिनेटमा भिल्लाका बेलीले सुरुवाती गोल गरेका थिए भने ३०औँ मिनेटमा बर्नलीका जेकीले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि भिल्लाका मुसाले ४२औँ मिनेटमा गोल गर्दै खेललाई २–१ गोलले अगाडि बढाएका पनि ७१औँ मिनेटमा बर्नलीका लिलले गोल गर्दै खेललाई २–२ गोलको स्थितिमा ल्याए ।

तर, खेल सकिन एक मिनेट बाँकी रहँदा भिल्लाका लुइजले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै एस्टन भिल्ला २० खेलबाट ४२ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल ४२ अंकसहित शीर्षस्थानमा छ । पराजित भएको बर्नली ११ अंकसहित अन्तिमबाट दोस्रोमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?