मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मलाइका अरोरा र अर्जुन कपुरको ब्रेकअपको हल्ला भएको के हो?

मुम्बई- बलिउडको फेभरेट कपलको चर्चा हुँदा मलाइका अरोरा र अर्जुन कपुरको नाम अवश्यै आउँछ । केही दिनयता यी दुईको ब्रेकअप भएको हल्ला चलिरहेको छ ।

मलाइकाले हालै एउटा अन्तरवार्तामा यस मामिलामा आफूले केही पनि सफाइ दिनु पर्ने आवश्यकता नभएको अनि भन्नु पर्ने कुरा पहिले नै भनिसकेको बताएकी छिन् ।

एक अन्तरवार्तामा उनले भनिन, ‘म अहिले आफ्नो पर्सनल स्पेसबारे कुरा गर्न चाहन्न । म यस्तो स्टेजमा छु, जहाँ मैले बोल्न जरुरी थियो, त्यहाँ बोलिसके । मैले केही स्पष्टीकरण दिनु पर्ने आवश्यकता छैन, जे जति भन्नु पर्ने थियो त्यो सबै पहिला नै भनिसकेको छु ।’

अन्तरवार्तामा मलाइकाले ब्रेकअपबारे कुनै प्रतिक्रिया दिइनन् । अर्जुन कपुरले हालै मात्रै ब्रेकअपको खबरलाई अफवाह साबित गरिदिएका थिए ।

केही दिन अघि मलाइकाको जन्मदिनमा उनले एउटा रोमान्टिक तस्बिर शेयर गरेका थिए । सो पोस्टमा मलाइकाले आई लभ यु कमेन्ट गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?