मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फाल्केको बायोपिकमा राजामौली र हिरानीबिच प्रतिस्पर्धा, नाती हिरानीको पक्षमा

काठमाडौँ – फिल्म निर्माता एस एस राजामौली बाहेक आमिर खान र राजकुमार हिरानी पनि भारतीय सिनेमाका दिग्दज ‘दादासाहेब फाल्के’को जीवनीमा छिट्टै फिल्म बनाउने तयारीमा छन ।

तर, यसबीचमा दादासाहेब फाल्केका नाति चन्द्रशेखर श्रीकृष्ण पुसाल्करले भने हजुरबुवाको बायोपिकमा बनाउने योजनामा रहेका आमिर–हिरानीको तारिफ गरेका छन् तर उनी राजामौलीसँग रिसाएको देखिएको छ । किनभने, उनको कुरा छ, राजामौलीले बायोपिकका लागि आफूलाई कहिल्यै पनि सम्पर्क गरेका छैनन् ।

‘फादर अफ इन्डियन सिनेमा’ मानिने फाल्केको बायोपिकमा यतिखेर एसएस राजामौली र हिरानी दुबैले घोषणा गरिसकेका छन् । राजामौलीले ‘मेक इन इन्डिया’ नाम राखिसकेका छन भने उनले त्यसका लागि जुनियर एनटीआरलाई आबद्द गरेको समाचार केही दिन अघि बाहिरिएको थियो भने त्यसको भोलीपल्ट हिरानीले पनि फाल्केको बायोपिकमा आमिर खानलाई आबद्द गराएको समाचार सार्बजनिक भएको थियो ।

हालै अमर उजालासँग कुरा गर्दै चन्द्रशेखर श्रीकृष्ण पुसाल्करले भने, ‘राजामौलीले पनि दादासाहेब फाल्केमाथि फिल्म बनाउँदै छन् भन्ने सुने । मैले यसबारे छलफल मात्र सुनेको छु तर तिनीहरूले मलाई यसबारे कहिल्यै सम्पर्क गरेका छन् । यदि कसैले फाल्केजीमाथि फिल्म बनाइरहेका छन भने कम्तिमा हाम्रो परिवारसँग पनि कुरा गर्नुपर्छ । जसको बायोपिकमा फिल्म बनाईदैछ, उनीहरूको परिवारलाई बेवास्ता गर्न सकिँदैन किनभने केवल हामीलाई मात्र वास्तविक कथाहरू धेरै थाहा हुन्छ।’

तर, चन्द्रशेखर श्रीकृष्ण पुसाल्करले भने बलिउडकर्मी आमिर खान र हिरानीको भने तारिफ गरेका छन् । उनले भने, ‘आमिर–हिरानीको टिमले विश्वास जित्न निकै मेहनत गरेको छ, आमिर खान र राजकुमार हिरानीको प्रोजेक्ट मेरो लागि पनि सरप्राइज थियो। र, मलाई यो पनि भर्खर थाहा भयो कि उनीहरूले सम्झौतामा हस्ताक्षर गरेका छन् ।’ उनका अनुसार सो फिल्मका सहायक निर्माता हिन्दुकुश भारद्वाज विगत तीन वर्षदेखि फाल्केको परिवारसँग निरन्तर सम्पर्कमा रहेका छन्। ‘उहाँ मलाई बारम्बार भेट्न आउनुहुन्थ्यो, अनुसन्धान गर्न र विवरण सोध्नुहुन्थ्यो,’ उनले भने ।

उनले अगाडी भने, ‘मैले उहाँहरूलाई स्पष्टसँग भनेंको छु कि तपाईहरू इमान्दारिताका साथ काम गरिरहनु भएको छ, अगाडि बढ्नुहोस्, मलाई कुनै पनि आपत्ति छैन ।’ तर, उनले हजुरआमा अर्थात दादासाहेबकी श्रीमती सरस्वती बाइफलकेको भूमिका भने विद्या बालनले नै मात्र उत्कृष्ट भूमिका निर्वाह गर्न सक्ने आफ्नो सुझाव रहेकोसमेत जानकारी दिए ।

हिरानी र आमिरले पनि आफ्नी हजुरआमा सरस्वतीबाई फाल्केको भूमिका निर्वाह गर्न अभिनेत्री विद्या बालनलाई कास्ट गर्नुपर्ने पनि पुसाल्करको सर्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?