मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नोरा फतेहीको अँगालोमा प्रोसेस, लेखे– के चाहियो र यो भन्दा?

काठमाडौँ- बलिउड अभिनेत्री नोरा फतेहीले शनिबार काठमाडौंमा आयोजित च्यारिटी कार्यक्रममा आकर्षक नृत्य र गायन प्रस्तुति दिइन्। कार्यक्रममा उनको प्रस्तुति हेर्न नेपाली दर्शक र कलाकारहरू उत्साहित देखिए।

शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ ‘ह्युमन रेस्पेक्ट नेपाल’ले आयोजना गरेको कार्यक्रममा देखिएका रमाइला क्लिपहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

यस्तै एक चर्चित क्षणमा नोराले ‘भ्वाइस अफ नेपाल’का विजेता प्रोसेस पाण्डेलाई स्नेहपूर्वक अंगालो मारेकी थिइन्। यो दृश्य सामाजिक सञ्जालमा विशेष चर्चाको विषय बनेको छ। कार्यक्रमको अर्को आकर्षण भने दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै जस्तै’ बोलको गीत रहेको थियो।

नोरा फतेहीसँगको उक्त आत्मीय क्षणको भिडियो प्रोसेसले आफ्नो टिकटकमा पोस्ट गर्दै लेखेका छन्, “के चाहियो र यो भन्दा!” यो भिडियो अहिले भाइरल बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?