मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘बिगुल’ को शुभ–मुहूर्त सम्पन्न, छायाङ्कन वैशाख तेस्रो साताबाट सुरु

काठमाडौं- नेपाली चलचित्र उद्योगमा थप एउटा नयाँ फिल्मको सुरुवात भएको छ। अक्षय तृतीयाको पावन अवसर पारेर म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित फिल्म ‘बिगुल’ को मंगलबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा विधिपूर्वक शुभ–मुहूर्त सम्पन्न गरिएको हो।

फिल्म ‘बिगुल’ लाई निर्देशक रमेश कोइरालाले निर्देशन गर्नेछन्। उनले यसअघि पनि नेपाली सिनेमामा अभिनय तथा निर्देशनमार्फत छुट्टै छाप छाडेका छन्। ‘बिगुल’ मा मुख्य भूमिकामा अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमाल रहने पक्का भएको छ। दुवै कलाकार आफ्नो अभिनय यात्रा र लोकप्रियताका कारण दर्शकमाझ पहिल्यै परिचित छन्।

शुभ–मुहूर्त समारोहमा फिल्म निर्माण टिमका सदस्यहरू, कलाकारहरू, प्राविधिकहरू र केही विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। पारम्परिक विधिअनुसार पूजापाठ गरिएपछि फिल्मको औपचारिक सुरुवात गरिएको थियो। निर्देशक कोइरालाले फिल्मको कथा सामाजिक यथार्थ, संघर्ष र प्रेरणाबाट भरिपूर्ण रहेको जनाएका छन्।

फिल्मको छायाङ्कन वैशाखको तेस्रो सातादेखि सुरु गरिने निर्माण पक्षले जनाएको छ। फिल्मका विभिन्न दृश्यहरू नेपालका पहाडी, शहरी तथा ग्रामीण भेगमा खिचिनेछन्। कथाले नेपाली समाजमा देखिने विडम्बना, परिवर्तन र नयाँ पुस्ताको सोचलाई चित्रण गर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?