काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको छ ।
आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ रहेको थियो, जसअनुसार आज तोलामा १ हजार ४ सय रुपैयाँको गिरावट आएको हो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएकोमा सोमबार यसको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया