काठमाडौं- चलचित्र ‘जन्ते बाख्रो’ को गीत ‘अंगुरको झुप्पो’ सार्वजनिक गरिएको छ । महेश काफ्लेको शब्द रचना र संगीत रहेको गीतमा अस्मिता अधिकारीको स्वर साथ रहेको छ ।
भिडियोमा मुख्य कलाकार आशिफ शाह र गरिमा शर्माको आकर्षक अभिनय देख्न सकिन्छ । सिमोस सुनुवारद्वारा निर्देशित सामाजिक कमेडी कथामा आधारित यो चलचित्र जेठ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
चलचित्रमा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा लगायत कलाकारको पनि अभिनय रहेको छ । कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् भने निर्माता सन्तोष गौतम हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया