मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षकहरूलाई अनुरोध गर्ने बोर्डको निर्णय

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन गर्न आन्दोलनरत शिक्षकहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ।

आज बसेको बोर्ड बैठकले आगामी ११ गतेदेखि निर्धारण गरिएको परीक्षा नियमित रूपमा सञ्चालन गर्न शिक्षकहरूलाई अनुरोध गर्ने निर्णय गरेको बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।

बैठकपछि उनले भने, ‘परीक्षा केन्द्र तोकिएको छ। परीक्षा तोकिएकै मितिमा गर्नुपर्छ भनेर विद्यार्थीहरूको अनुरोध आएको छ। हामीले आज पनि हरेक जिल्लाको परीक्षा समन्वय समितिलाई परीक्षा केन्द्र तोकिएका विद्यालयमा आवश्यक तयारी गर्न सबैसँग पुनः अनुरोध गर्ने निर्णय गरेका छौं। शिक्षकहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ। ५ लाख ५० हजार विद्यार्थीको परीक्षा भएका कारण परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने नै निर्णय भएको छ।’

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठमाडौँमा २१ दिनदेखि आन्दोलन जारी रहेकाले शैक्षिक गतिविधि ठप्प छ। माग पूरा नभएसम्म कार्यस्थल नफर्किने शिक्षकहरूले जनाएका छन्। शिक्षक आन्दोलनबाट एसईई उत्तरपुस्तिका जाँच, भर्ना अभियान प्रभावित बनेको छ। २०७५, २०७८ र २०८० सालमा सरकार र महासंघबीच भएका सहमति अनुसार अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग शिक्षक र विद्यालय कर्मचारीहरूको छ।

अध्यक्ष शर्माले शिक्षकहरूका मागचाहिँ संवेदनशील विषय भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?