मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्षका अन्तिम फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ हलमा प्रर्दशनमा

काठमाडौं। शुक्रबारदेखि दुई प्रतिक्षित नेपाली फिल्म हलमा रिलिज भएका छन्। विपिन कार्की स्टारर फिल्म ‘कर्मा’ र मल्टीस्टारर ‘पिताम्बर’ आजदेखि हलमा भिडन्त भइरहेको छ।

यी दुवै फिल्मले वर्षको अन्त्य सुखद् गराउने ठूलो अपेक्षा गरिएको छ । ‘पिताम्बर’ र ‘कर्मा’ दुवैले राम्रो शो पाएका छन् । ठूलो स्टारकास्ट भएकाले शो संख्यामा ‘पिताम्बर’ केही अगाडि छ । यसले १७० शो पाएको छ भने ‘कर्मा’लाई १२५ शो प्राप्त छ । बुकिङमा पनि ‘पिताम्बर’ नै अगाडि देखिन्छ । यसका केही शो बिहीबार साँझ नै ‘सोल्डआउट’ भएका थिए भने केहीमा ५० प्रतिशतसम्म अकुपेन्सी देखिएको छ । यद्यपि, हाइपअनुसार बुकिङ अपेक्षित भने छैन ।

दुवै फिल्म एक्सनप्रधान भए पनि विषय उठानको हिसाबले फरक छन् । ‘पिताम्बर’ महिलामाथि हुने अन्यायविरुद्धको कथामा आधारित रहेको ट्रेलरबाट खुलिसकेको छ । ‘कर्मा’मा भने भ्रष्ट सिस्टमविरुद्ध एक सामान्य व्यक्तिले गरेको संघर्षको कथा छ । यी दुवै फिल्मका प्रचार सामाग्रीहरू दर्शकमाझ चर्चाको विषय बनेकाले अब व्यापारिक अवस्था कस्तो रहन्छ, त्यो चासोको विषय हो ।

सौरभ चौधरी निर्देशित ‘कर्मा’ मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन्। उनले एक्सन जनरामा पहिलोपटक काम गरेका हुन्। उनीसँगै फिल्ममा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेतलगायत कलाकारको अभिनय छ।वसन्त लम्सालले लागानी गरेको फिल्म केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा बनेको छ।

कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्त, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई‍ र सुप्रोल बुढाथोकीको अभिनय छ। फिल्मको निर्मातामा विशाल चौलागाई‍ रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?