काठमाडौं- आज २०८० साल माघ २४ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय १०० रूपैयाँको खरिददर १ सय ६० रूपैयाँ तथा बिक्रिदर १ सय ६० रूपैयाँ १५ पैसा छ ।
आज अमेरिकी डलरको खरिद दर १ सय ३२ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ २० पैसामा कारोबार हुँदा युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ३९ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रूपैयाँ १० पैसा तथा बिक्री दर ८६ रूपैयाँ ४९ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९७ रूपैयाँ ९९ पैसा तथा बिक्री दर ९८.४३ पैसा कायम भएको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया