मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार

काठमाडौँ – यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो ।

आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ । व्यापार समूह सबैभन्दा बढी छ दशमलव नौ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ९०, विकास बैंक एक दशमलव १०, वित्त एक दशमलव ३०, होटल तथा पर्यटन शून्य दशमलव ४४, जलविद्युत् एक दशमलव शून्य नौ र लगानी समूह दुई दशमलव २० प्रतिशतले बढेको छ ।

त्यस्तै जीवन बिमा एक दशमलव ७१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९२, लघुवित्त दुई दशमलव २२, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ८५ र अन्य समूह एक दशमलव ७४ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर मूल्य एक दशमलव ८२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५१ करोड १८ लाख १७ हजार सात सय १४ बराबरको पाँच लाख आठ हजार आठ सय ६० कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?