घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?