मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चन्दा संकलन गरी सरस्वती मन्दिरको पुननिर्माण प्रारम्भ

भक्तपुर – भक्तपुरवासीले चन्दा संकलन गरेर ३० लाख लागत इष्टमेटसहितको सरस्वतीको मन्दिर पुननिर्माण कार्य थालेका छन् । भक्तपुर नगरपालिका वडा नं ५मा रहेको भीमसेनस्थानस्थित सरस्वतीको मन्दिर पुननिर्माण प्रारम्भ गरिएको हो ।

मन्दिर पुनः निर्माणका लागि गठित कुथुसुव्या दुगुद्योको मन्दिर पुनःनिर्माण उपभाक्ता समितिका कोषाध्यक्ष न्हुछेंरत्न खाइतूका अनुसार मन्दिर पुननिर्माण लागि आवश्यक चन्दा पहिला नै जम्मा भइसकेको छ । हाल पुननिर्माण थालिएको सरस्वतीको मन्दिरसँंगैको कुथुसुव्या दुगुद्योको मन्दिर पुननिर्माणका लागि करिव ५० लाख लागत इष्टमेट निकालेर चन्दा संकलन गरिएको थियो । तर उक्त मन्दिर पुननिर्माणका लागि झण्डै एक करोड चन्दा संकलन भएको थियो ।

यसरी कुथुसुव्या दुगुद्योको मन्दिर पुननिर्माणका लागि संकलित भएर बाँंकी रहेको रकमबाट अहिले नजिकैको सरस्वती मन्दिरको पुननिर्माण थालिएको हो । सरस्वती मन्दिरको पुननिर्माण भइसक्दा पनि अझै करिव २० लाख रकम बाँंकी रहने र उक्त रकमबाट नजिकैको परिसरमै रहेको पाटी पुननिर्माण गर्ने योजना रहेको कोषाध्यक्ष खाइतूले बताए ।

मन्दिर पुनर्निर्माणका लागि गठित समितिका अध्यक्ष विष्णु मारिखू यही वर्षभित्र अर्थात् चैत मसान्तसम्ममा मन्दिर पुननिर्माण गरिसक्ने योजना रहेको सुनाए । मन्दिर एक तल्ले मात्रै रहेको छ । यो मन्दिर भक्तपुरकै प्रख्यात सरस्वतीको मन्दिर हो । प्रत्येक वर्ष सरस्वती पूजाको दिन यस मन्दिरमा पूजा गर्न आउने विद्यार्थीको भीड नै लाग्ने गर्दछ ।

उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवाले विभिन्न चरणमा गरी भीमसेनका सवै सम्पदाहरु पुननिर्माणको क्रम निरन्तर चालू नै छ । पहिलो चरणमा कुथुसुव्या दुगुद्योको मन्दिर पुननिर्माण सम्पन्न गरेको, दोश्रो चरणमा सँंगैको लामो पाटीमा तल्ला थपेको, तेश्रो चरणमा सरस्वतीको मन्दिर पुननिर्माण र चौथो चरणमा अर्को सानो पाटी जिर्णोद्धारा गर्ने योजना तयार भएको उनले जानकारी गराए ।

यो मन्दिर पुननिर्माणका लागि भक्तपुर नगरपालिकाकी उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशीले शिलान्यास गरेकी थिइन् । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुुक्छेंलगायतले भक्तपुरमा यसैगरी सवैतिर चन्दा संकलनबाट ऐतिहासिक सम्पदाहरु बन्दै गरेको जानकारी गराए ।

सरस्वतीको यो मन्दिर भक्तपुरको विस्का जात्रामा लिंगो उठाउने भेलुखेल नजिकै छ । भक्तपुरको चुपिंघाटको पश्चिम क्षेत्रमा पर्ने यो मन्दिर झण्डै १०÷१५ रोपनीको सार्वजनिक जग्गाको बिचमा रहेको छ ।

मन्दिरको वरिपरि भीमसेन देवता, ती मन्दिरहरुभित्र पस्ने आकर्षक दुईवटा कलात्मक शैलीका प्रवेशद्वार, सार्वजनिक पाटी, सामूहिक भवन, भोज खुवाउनका लागि बनाइएको बन्दोबस्त सहितको भवन लगायतका छन् । यो सार्वजनिक क्षेत्रमा भएका झण्डै एक दर्जन भौतिक संरचनाहरु पनि यसरी नै दसकौदेखि चन्दा संकलन गरी बन्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?