मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्से परिसूचक आज पनि ओरालो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचकमा पछिल्लो छ दिनदेखि लगातार गिरावट देखिएको छ । गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक आज पनि ओरालो देखिएको हो ।

आज २० दशमलव ६८ अङ्कको गिरावटपछि नेप्से परिसूचक दुई हजार ७५१ दशमलव ४२ को विन्दुमा कायम भएको छ । ३११ कम्पनीको एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर ८७ हजार १५६ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३७ करोड ८० लाख ५५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको अवस्था छ । सबैभन्दा धेरै ‘म्युचुअल फन्ड’ तीन दशमलव ०६, व्यापार एक दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव १५, जलविद्युत् एक दशमलव १६ र लगानी एक दशमलव ५१ प्रतिशतले घटेको छ ।

त्यस्तै, बैङ्किङ शून्य दशमलव ४४, विकास बैङ्क शून्य दशमलव ७३, वित्त शून्य दशमलव ७०, होटल तथा पर्यटन शून्य दशमलव ९९, जीवन बिमा शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव ६३ र निर्जीवन बिमा समूह शून्य दशमलव ६८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल ‘रिइन्स्योरेन्स कम्पनी लिमिटेड’को रु ७३ करोड ५० लाख ९० हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ‘घलेम्दी हाइड्रो लिमिटेड’को ११ लाख ६३ हजार आठ सय ५५ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?