काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ६ महिनापछि २९ सय विन्दुमा पुगेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २१ अंकले बढेर २९११.५५ विन्दुमा पुगेको छ ।
यसअघि २०७८ भदौमा र गत ०८१ भदौमा २९ सय पुगेको थियो । मौद्रिक नीतिमा नीतिगत सुधार भएसँगै सेयर बजारमा उछाल आएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा बढ्ने अनुमान गरिएको छ । जसले सुस्त रहेको बैंकको सेयर मूल्य उचालिएको छ ।
कारोबार सुरु भएको तीन घन्टामै ६ अर्बमाथिको कारोबार भइसकेको छ । जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया