मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्रीन टी पिउनुका १० चमत्कारिक फाईदा

काठमाडौँ। बिहान उठ्नेे बित्तिकै ग्रीन टी सेवन गर्ने मानिसहरु प्रशस्त हुन्छन् । जाडोमा दिउँसो बिहान उठ्नेे बित्तिकै ग्रीन टी सेवन गर्ने मानिसहरु प्रशस्त छन् ।

जाडोमा दिउँसो समेत ग्रीन टी खानेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । कतिपय व्यक्तिहरु त डाइटिङका लागि समेत ग्रीन टीको सेवन गर्ने बताउँछन् ।

ग्रिन टी भारत र चीनमा रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु तथा मानसिक स्वास्थ्य तथा शरिरको तापक्रम नियमित राख्न औषधिको रुपमा प्रयोग गरिन्छ । पछिल्ला अनुसन्धानले ग्रिन टीले तौल घटाउनेदेखि लिएर कलेजोको समस्या तथा टाइप टु डाइबेटिजसम्मका लागि पनि सकारात्मक असर पर्ने पुष्टि गरेका छन् ।

ग्रिन टीले महिलाहरुको स्तन, ब्लाडर, पाठेघर, फोक्सो, प्रोस्टेट, छाला तथा पेटको क्यान्सरमा सकारात्मक प्रभाव पारेको पाइएको थियो ।  अनुसन्धानकर्ताहरुले के विश्वास गरेका छन् भने ग्रिन टीमा पाइने पोलिफेनल तत्वले क्यान्सरयुक्त कोषिकाहरु मार्न सहयोग पुर्याइ बढ्नबाट बचाउँछ ।

चिनी नहालिएको ग्रिन टीमा जिरो क्यालोरी हुन्छ । यसमा क्याफिनको मात्र निकै थोरै हुन्छ, उदाहरणका लागि एक कप ब्ल्याक टीमा क्याफिनको मात्रा ५० मिलिग्राम हुन्छ, कफीमा ९५ मिलिग्राम हुन्छ भने ग्रिन टीमा २० देखि ४५ मिलिग्राम मात्र हुन्छ । ग्रिन टी संभवतः विश्वमै सबैभन्दा स्वस्थ पेय मानिन्छ जसमा अन्य चियामा भन्दा उच्च एन्टिअक्सिडेन्ट हुन्छन् । यसमा पोलिफेनल्स नामक प्राकृतिक रासायनिक पदार्थ हुन्छन् जसमा क्यान्सर तथा जलन निवारण गर्ने क्षमता हुन्छ ।

चिकित्सक,योगगुरु तथा वैद्यहरुले ग्रीन टी पिउदा स्वस्थ्यको लागि लाभहुने कुरा गरिरहेको हुन्छ । ग्रीन टीबाट निम्न फाइदाहरु लिन सकिन्छ ।
१. ग्रीन टीले आखाको ज्योती बढाउन मद्दत गर्छ ।
२. शरीरमा कोलस्ट्रोलको मात्रा घटाउँछ र मुटु सम्बन्धी रोगको सम्भावना कम गर्छ ।
३. दा“त र गिजालाई स्वास्थ्य राखी इन्फेक्सन हुन दिदैन ।
४. यसले दिमागको कार्यसंचालन राम्रो गराउने हुनाले दिमाग तेजिलो बनाउ“छ ।
५. गीन टीले छाला र शरिरका अरु भागमा हुने क्यान्सरको सम्भावना कम गर्छ ।
६. बूढोपन कम गर्नुका साथै अल्जाइमर र पार्किन्सन जस्ता रोगको सम्भावना कम गर्छ ।
७. यसले शरीरको तौल घटाउन सहयोग गर्दछ ।
८. नियमित रुपमा ग्रीन टि पिउनाले जीवनको आयू पनि लम्बिने गर्छ ।
९. उच्च रक्तचाप र मधुमेह घटाउन समेत ग्रीन टि निकै नै प्रवाभकारी मानिन्छ ।

१०. मानसिक तनाव कम गर्ने ग्रीन टिले एन्टी भाइरल र एन्टी ब्याक्टेरीयलको पनि काम गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?