मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तरपालिका भलिबलः पुर्चौडी विजयी, पञ्चेश्वर बाहिरियो

बैतडी – बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा पुर्चौडी नगरपालिका विजयी भएको छ । आज भएको खेलमा पञ्चेश्वर गाउँपालिकालाई ३–२ को सेटमा हराउँदै पुर्चौडी विजयी भएको हो ।

साहिलेकस्थित वीरेन्द्र माविको खेलमैदानमा भएको खेलमा सुरुमा दुई सेट पञ्चेश्वरले आफ्नो पक्षमा पारेको थियो । त्यसपश्चात बाँकी तीन सेट पुर्चौडीले जित्तेको हो ।

पहिलो सेट पञ्चेश्वरले २९–२७, दोस्रो सेटमा २५–२१ ले जित हासिल गरेको थियो । त्यसपछि पुर्चौडीले तेस्रो सेट २५–१९, चौथो २५–२१ र निर्णायक तथा अन्तिम सेट १७–१५ को अङ्कले हात पार्दै खेलमा जित निकाल्यो ।

मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा गत बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागिता छ । प्रतियोगिताको विजेताले रु एक लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए ।

उपविजेताले रु ७५ हजार, तृतीयले रु ३५ हजार, सान्त्वनालाई रु १५ हजार र उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पुरस्कार दिइनेछ । यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

दशरथचन्द नगरपालिका– ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रीय प्रबन्धक हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा विसं २०७४ मा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?