मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज कति छ अमेरिकी डलरको भाउ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ ४७ पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम गरिएको छ । शुक्रबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ २३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८३ पैसामा भएको थियो ।

आइतबार यूरोपियन युरो एकको खरिदमूल्य १४५ रूपैयाँ २४ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ८६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३७ पैसाले घटेको हो । यसअघि शुक्रबार एक युरो खरिदमूल्य १४५ रूपैयाँ ८६ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ४९ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८२ र बिक्रीदर ८७ रूपैयाँ २० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा तथा बिक्री दर १९ रूपैयाँ २७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६१ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३१ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४४ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ३० पैसा र बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रूपैयाँ २५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?