मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केपी ओली एफसी र मछिन्द्र क्लब दोस्रो सेमिफाइनलमा आज भिड्दै

काठमाडौँ – काठमाडौँमा जारी केपी ओली कपको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग मछिन्द्र क्लब भिड्दै ।

आयोजक केपी ओली एफसीले न्यूरोड टिमलाई हराउदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

यसअघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

अब त्रिभुवन आर्मीले फाइनलमा आयोजक केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ । प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?