मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

च्याम्पियन्स ट्रफी : अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले टस जित्यो, पहिला ब्याटिंग गर्ने

काठमाडौँ – जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुँदै छ । पाकिस्तानको लाहोरमा हुने यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।

अफगानिस्तानका कपान हशमतुल्लाह शाहिदीले टस जिते पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै यस खेलमा अस्ट्रेलियाले पहिला बलिङ गर्ने भएको छ ।

प्रतियोगितामा अस्ट्रेलियाको २ खेलमा ३ अंक रहेकाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको खेल जितेको थियो भने दक्षिण अफ्रिकाविरुद्धको खेल बर्षाले रद्ध हुदा अंक बाँडेको थियो ।

यस खेलमा हारले अस्ट्रेलियाको सेमिफाइनलको दौड समाप्त हुने छ भने बर्षाले खेल हुन नसकेमा अन्य खेलको नतिजामा भर पर्नुपर्ने छन् । जितले भने अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्याउने छ ।

त्यसैगरी अफगानिस्तानले पहिलो खेलमा दक्षिण अफ्रीकासँग हार बेहोरे पनि दोस्रो खेलमा इङल्याण्डलाई पराजित गरेर प्रतियोगितामा कमब्याक गरेको थियो । अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउन यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बर्षाले खेल रद्ध भएमा वा हार बेहोरेमा अफगानिस्तान च्याम्पियन्स ट्रफीबाट बाहिरिने छ ।

अस्ट्रेलिया र अफगानिस्तानबीच हेड टू हेडको कुरा गर्दा दुवै देशबीच अहिलेसम्म केवल ४ एकदिवसीय खेल भएका छन् । जसमा सबै खेल अस्ट्रेलियाले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?