मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ म्यान्मारविरुद्ध फाइनल खेल्ने नेपाली लाइन अप

काठमाडौँ – काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको म्यान्मारविरुद्ध फाइनल खेलको नेपाली लाइन अप सार्बजनिक गरिएको छ । आजको खेलमा सावित्रा भण्डारी साम्बा, सबिता राना मगर र रेखा पौडेलले फरवार्डको जिम्मेवारी सम्हाल्ने छन् ।

म्यान्मारविरुद्धको नेपाली टिममा अन्जिला सुब्बा ‘गोलकिपर’, समिक्षा घिमिरे, गीता राना, बिमला विक, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, सरु लिम्बुसहित सबिता, सावित्रा र रश्मी रहेका छन् ।

आज साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन् । फिफा वरियतामा ५५औ स्थानमा रहेको बलियो टिम म्यान्मारलाई लिग चरणमा रोकेको नेपाली टिम फाइनलका लागि उत्साहित देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?