मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले आयोजना गर्ने

काठमाडौं – फिफा विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले आयोजना गर्ने भएको छ । विश्व फुटबल संघ ‘फिफा’ले उदघाटन खेलको होस्ट सिटीको रूपमा मेक्सिकोको राजधानी मेक्सिको सिटीलाइ गएराती चयन गरेको हो ।

आयोजक मेक्सिकोले ११ जुन २०२६ मा विश्व कपको सबैभन्दा ठूलो संस्करणको उद्घाटनको आयोजना यसै खेल मैदानमा गर्नेछ ।

यो एस्टाडियो एज्टेका, मेक्सिको सिटीमा सन १९७० र १९८६ मा दुई विश्वकपका उदघाटन र फाइनलहरू खेलाइएको छ । जहाँ ब्राजिलियन सुपरस्टार पेले र अर्जेन्टियन सुपरस्टार डिएगो म्याराडोनाले यस स्टेडियममा जादु देखाएका थिए, जुन स्टेडियममा अब अर्को जादु देखिनेवाला छ ।

यस विश्वकपमा खेलिने १०४ खेलहरू मध्ये पहिलो खेल र उदघाटन समारोह यही हुनेछ । विश्वकप २०२६ मा कुल १०४ वटा खेल खेलाइने छ । जसमध्ये आयोजक राष्ट्रहरू मेक्सिको, अमेरिका र क्यानडाका १६ स्थानहरूमा खेलाइने फिफाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?