मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेटेपछि फ्रान्सेली राष्ट्रपति म्याक्रोनले के भने ?

काठमाडौँ – रुस-युक्रेन युद्धको बारेमा छलफल गर्न ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा हुने कुनै पनि शान्ति सम्झौता सुरक्षा ग्यारेन्टीद्वारा समर्थित हुनुपर्ने बताएका छन् ।

राष्ट्रपति म्याक्रोनले युक्रेनमा शान्तिको अर्थ युक्रेनले समर्पण गरोस् भन्ने हुन नहुने बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘यो शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन, यसको अर्थ ग्यारेन्टी बिनाको युद्धविराम हुनु हुँदैन ।’

ट्रम्पले युक्रेनमा शान्ति सुनिश्चित गर्ने लागत र व्यय अमेरिकाले मात्र नभई युरोपेली देशहरूले वहन गर्नुपर्ने बताएका थिए ।

ट्रम्पलाई जवाफ दिँदै म्याक्रोनले युरोपले सुरक्षा लागतलाई अझ समान रूपमा बाँडफाँड गर्ने आवश्यकता महसुस गरेको जवाफ दिएका थिए । उनले रुसी आक्रमणको तेस्रो वार्षिकोत्सवमा भएको वार्ताले अगाडि बढ्ने बाटो देखाएको पनि बताए ।

ट्रम्पले आफूले सकेसम्म चाँडो युद्धविराम चाहेको बताउँदै यसबारे सहमति भएपछि उनी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रूस जाने बताएका छन्।

ट्रम्प युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि दबाब बढाउदै अमेरिका र युक्रेनबीच खनिज सम्झौता गर्ने अन्तिम तयारीमा रहेका छन् । उता युक्रेन अमेरिकासँग खनिज सम्झौता गरेर रुससँगको युद्धको सहज अवतरणको पक्षमा रहेको संकेत देखिएको छ । हालै जेलेन्स्कीले शान्ति वा नेटोको सदस्यता पाएमा आफू पद त्याग्न तयार रहेको बताउदै यसको संकेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?