काठमाडौँ – जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह ए का बंगलादेश र न्यूजील्याण्ड खेल्दै छन् । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २स् ४५ बजेदेखि शुरु हुदै छ ।
जारी प्रतियोगितामा न्यूजील्याण्डले पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । न्यूजील्याण्डले यस खेलमा बंगलादेशलाई पराजित गरेमा सेमिफाइनलमा पुग्ने छ । अर्कोतर्फ बंगलादेश भने पहिलो खेलमा भारतसँग हार बेहोरेपछि सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा पुगेको छ ।
समुह ए मा भारतले २ खेलमा जित हासिल गरेर सेमिफाइनलमा लगभग पुगेको छ भने डिफेन्डिङ च्याम्पियन रहेको पाकिस्तानले आफ्ना दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।
बंगलादेश र न्यूजील्याण्ड अहिलेसम्म एकदिवसीय क्रिकेटमा ४५ पटक आमने सामने भएका छन् । जसमा न्यूजील्याण्डले ३३ खेल जितेको छ भने बंगलादेशले ११ खेल जितेको छ । त्यस्तै एक खेलको कुनै नतिजा आएको थिएन । पछिल्लो पटक दुवैबीच २०२३ को डिसेम्बर २३ मा खेल भएको थियो । जसमा बंगलादेश विजयी भएको थियो ।
न्यूजील्याण्ड यस च्याम्पियन्स ट्रफीको प्रबल दाबेदार देश हो । उत्कृष्ट क्रिकेट खेलिरहेको न्यूजील्याण्डका खेलाडी उच्च फर्ममा देखिएका छन् । अर्कोतर्फ बंगलादेशले कैयौं पटक ठुला टिमलाई सरप्राइज गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया