मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार

काठमाडौँ – पूर्व मिस नेपाल इशानी श्रेष्ठको अगुवाइमा सुरु गरिएको फार्मस मार्केटको आइतबार ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले उद्घाटन गरेकी छन् ।

ललितपुरको झम्सिखेलस्थित मेट्रो मार्केट परिसरमा फार्मस मार्केटको आइतबारबाट सुरुवात भएको छ । मार्केटमा किसानले उत्पादन गरेका अर्गानिक तरकारी तथा फलफुल एवं खाद्य वस्तु उपलब्ध हुने भएको छ ।

उपमेयर मञ्जली शाक्य बज्राचार्यले पनि किसान बचाउन सके मात्रै सबैको स्वास्थ्य राम्रो हुने बताइन् । विभिन्न खाले बिचको मान्छे, तथा अर्गानिक भन्दा अन्य तरकारी बेच्नेहरुले धेरै नाफा गर्दा भने सोझा सिधा किसानहरुमा मारमा परेको बताइन् । अर्गानिक उत्पादन गर्ने र मेहेनत गर्न खोज्नेहरुको साथमा ललितपुर महानगर रहेको समेत जानकारी दिइन् ।

आज सुरुवात भएको फार्मस मार्केट मेट्रो मार्केट परिसरमा रहेको छ । मेट्रो मार्केटमा वस्तु खरिद गर्न आउने र झम्सिखेल बासीलाई यहाँको तरकारी किन्नको लागि निकै फलदायी तथा आरामदायी हुने देखिएको छ ।

अर्गानिक तयारी खोजी गर्ने जोकोहि समेत उक्त स्थानमा पुग्न सक्नेछन् । आफूलाई पहिलेदेखि नै हामीले खानेकुरा कहाँबाट आइरहेका छ ? ती खानेकुराहरु कति शुद्ध रहेको छ ? ती विषयहरुमा ध्यान दिनुपर्ने जस्तो लागेकाले त्यसलाई नै लिएर व्यापार र सेवाको भावनाले मार्केट सुरु गरिएको इशानीले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?