मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सहिद गेटमा सभापति कपको अनावरण

काठमाडौँ – नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिने भएको छ ।

माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश ‘बागमती’ फाइनलमा प्रवेश गरिसकेका छन् ।

आयोजक महाधिवेशन निर्देशन समितिले आज सहिद दिवस पनि परेकाले ट्रफी एक कार्यक्रमका बिच सहिद गेटमा अनावरण गर्ने जनाएको छ । ‘नेपाली काँग्रेसले सदैव सहिदहरूको सम्मान गर्दै आएको बताउँदै प्रतियोगिताको ट्रफी पनि सहिद गेटमा अनावरण गर्न लागेका हौँ ।’ निर्देशन समितिका संयोजक मोहन बस्नेतले भने ।

ट्रफी सार्वजनिक गर्नु अघि नेपाली काँग्रेसका युवाहरूको सहभागितामा मोटरसाइकल र्‍यालीको पनि आयोजना गरिएको छ ।तीनकुनेबाट सुरु हुने मोटरसाइकल र्‍याली एयरपोर्ट–गौशाला–रातो पुल–कमलपोखरी–दरबारमार्ग हुँदै सहिद गेटमा हुने ट्रफी अनावरण कार्यक्रममा सहभागी हुने छ ।

त्यहाँ छोटो कार्यक्रमपछि फाइनल पुगेका दुवै टिमका कोच र कप्तानका बिचमा प्रि म्याच कन्फ्रेन्स भने दशरथ रङ्गशालामा रहेको मिडिया सेन्टरमा गरिने प्रचार प्रसार समितिका संयोजक दामोदर अर्यालले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल बिहीबार साँझ साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुने छ ।

प्रतियोगिताको विजेताले नगदै २६ लाख र उप विजेताले नगदै १३ लाख प्राप्त गर्ने छ । यसै गरी दैनिक प्लेयर अफ दी म्याचले १५ हजार पाउँदै आएका छन् भने प्रतियोगिताको फाइनल पछि सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।

फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म रु एक सय र रु दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?