काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ९०० र चाँदी १५ रुपैयाँ घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यो १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य मंगलबार १ हजार ८३५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया