मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तारागाउँ नेक्स्टमा शनिबार चार सर्ट फिल्म प्रदर्शन

काठमाडाैँ- सर्ट फिल्महरुलाई फिचर फिल्म बनाउन सिक्ने माध्यमका रुपमा लिने गरिन्छ।

फिल्म स्कुलका विद्यार्थीहरुले पढ्ने क्रममा सर्ट फिल्महरुसमेत बनाउनु पर्ने हुन्छ। ऐना झ्यालका पुतली बनाउनुअघि सुजित बिडारीले सर्ट फिल्म सावित्री निर्देशन गरेका थिए।

उनको यो फिल्मबारे आज पनि सकारात्मक चर्चा भइरहन्छ। त्यसबेला उनी अस्कर कलेजको चौथो ब्याचका विद्यार्थी थिए र सावित्री उनको दीक्षान्त सिनेमा थियो।

सुजितजस्तै अस्कर कलेजका पाँचौं ब्याचका विद्यार्थीहरु  निरञ्जनराज भेटवाल, कला सङ्ग्रौला तथा उत्पल झाले दीक्षान्त सिनेमाहरू क्रमश: ‘काफल पाक्यो’, ‘बुट्टे जामा’ र ‘लभ लस्ट लाइफ’ निर्देशन गरेका थिए। यी चार वटै नाम आज फिल्म क्षेत्रमा स्थापित हुने क्रममा छन्।

यी चारवटै फिल्म शनिबार बौद्धस्थित तारागाउँ नेक्स्टमा प्रदर्शन भएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?