काठमाडौँ– आमा बन्नु हरेक महिलाको लागि खुसीको क्षण हो । तर शिशु जन्मेपछि हेरचाह र पोषणमा विशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । आमाको दूध बालबालिकाका लागि पोषणको सबैभन्दा राम्रो स्रोत हो । तर सही ढंगले दूध खुवाउन नजान्दा शिशुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ । आउनुहोस्, बच्चालाई दूध खुवाउँदा कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेबारे जानौं ।
शिशुलाई दूध खुवाउने सही स्थिति
दूध खुवाउँदा बच्चा र आमा दुवैको स्थिति सही छ कि छैन भन्ने बारे थाहा पाउनु एकदमै जरुरी हुन्छ । त्यसकारण दूध खुवाउँदा दुवैलाई आराम मिल्नेगरी खुवाउनुपर्छ । कुनै प्रकारको दुखाइ वा अप्ठ्यारो नहोस् भन्नका लागि तपाईं आरामसँग तकिया प्रयोग गर्न सक्नुहुन्छ । आमाले ढाड सिधा बनाएर बच्चाको टाउको अलिकति माथि राखी उसको मुख तपाईंको स्तनतिर पु¥याएर दूध खुवाउनुपर्छ । यसले बच्चालाई दूध पिउन सजिलो हुन्छ ।
सरसफाइ
बच्चालाई दूध खुवाउनु अघि हात धुनुपर्छ । यसबाट बच्चालाई ब्याक्टेरिया र इन्फेक्सनबाट बचाउन सकिन्छ । साथै, स्तनको सरसफाइमा ध्यान दिनुहोस् । स्तनपान गर्नु अघि भिजेको कपडाले स्तन सफा गर्नुहोस् र त्यहाँ भएका गन्ध वा फोहोर हटाउनुहोस् । साथै नियमित रूपमा ब्रा बदल्नु पनि संक्रमणको जोखिम पनि कम गर्नु हो । यदि तपाईं सार्वजनिक स्थानमा हुनुहुन्छ भने स्तनपानको लागि सफा र निजी स्थानमा बस्नु उपयुक्त हुन्छ ।
स्तनपानको समयमा आमाका लागि आराम
स्तनपानको समयमा आमालाई सहज महसूस हुनुपर्छ । यसका लागि कुनै अवरोध बिना आरामसँग बस्न सक्ने ठाउँ जरुरी हुन्छ । कुर्सी वा सोफामा बसेर आफ्नो खुट्टालाई सही स्थितिमा राखेर वा गाह्रो भएमा सुतेर पनि आरामसँग खुवाउन सकिन्छ ।
दूध खुवाएपछि बच्चालाई डकार गराउन भुल्नु हुँदैन
दूध पिएपछि बच्चालाई डकार गराउन दिनुपर्छ । यसले बच्चाको पेटमा जमेको हावा बाहिर निकाल्छ र ग्यास वा पेट दुख्ने समस्या हुँदैन । बच्चालाई आफ्नो काँधमा उठाउनुहोस् र हल्का हातले उसको ढाडमा थपथपाएर डकार गराउन सकिन्छ ।
दूध खुवाउने निश्चित समय
बच्चालाई प्रत्येक दुई÷तीन घण्टाको फरकमा दूध खुवाउनुपर्छ । यदि बच्चा सुतिरहेको छ भने पनि उठाएर आरामसँग खुवाउनुपर्छ । दूध खुवाउने निश्चित समय भएपछि बच्चालाई त्यही आदत बस्छ ।
आमाको सन्तुलित आहारमा ध्यान
आमाको आहारले दूधको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्छ । तसर्थ स्तनपान गराउने आमाले प्रोटिन, क्याल्सियम, आइरन र भिटामिन युक्त आहार लिनुपर्छ । दिनभर पर्याप्त पानी पिउनुपर्छ । ताकि शरीरमा पानीको कमी नहोस् । जंक फूड र क्याफिनबाट भने बच्नुपर्छ किनकि यसले दूधबाट बच्चालाई हानि पु¥याउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया