काठमाडौँ– नक्सालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्न भएको छ ।
शुक्रबारदेखि शुरु भएको प्रदर्शनी आइतबारसम्म चलेको थियो । ‘फ्रम द लकिज टु द हिमालयज’ शीर्षकमा भएको प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्दम्छालीले गरेका थिए ।
प्रदर्शनीमा नेपाल, अमेरिका, डेनमार्क, आयसल्याण्ड गरी ६५ जना कलाकारका सात दर्जनभन्दा बढी कलाकृतिहरु प्रदर्शन गरिएका थिए ।
नेपालबाट केके कर्माचार्य, किरण मानन्धर, लालकाजी लामा, मानबहादुर दोङ, अनिल शाहीसहित केरी क्यारिल्लो, हुसा आदम्स, भिल्ली लोपेज, बिस फेन्च लगायतका कलाकारहरु अन्तर्राष्ट्रिय स्तरबाट सहभागी थिए ।
प्रतिष्ठानका कुलपति हार्तम्छालीले कलालाई विश्वभाषा भएको र यसलाई बुझ्न र बुझाउन यस्ता खाले प्रदर्शन हुनुपर्ने बताए । उनले प्रदर्शनीलाई संस्कृति, ज्ञान, सीप आदान–प्रदानसँग जोड्दै कलाकारहरूले विश्व मानवहितका लागि काम गर्नुपर्ने धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया