मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ- माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८०’ लाई संशोधन गर्दै माघ १ गतदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर अनिवार्य गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीइ अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ’, राष्ट्र बैंकले एकीकृत निर्देशनको संशोधित व्यवस्थामा उल्लेख गरेको छ ।

राष्ट्र बैंकले सरकारले भुक्तानी दिनुपर्ने बैंक खाताबाट भुक्तानी निकाल्दा पनि त्यस्तो खातामा अनिवार्य रूपमा ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै उच्च पदस्थ व्यक्तिहरूको राष्ट्रिय परिचयपत्रको विवरण माघ १ गतेभित्र नै अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

उच्च पदस्थ व्यक्तिहरूको वर्गीकरण, उच्च पदस्थ व्यक्तिको परिवार वा नजिकको सम्बन्ध एकिन गर्नको लागि पनि निर्देशनअनुसार व्यवस्था गरिएको संयन्त्र प्रयोग गर्नुपर्ने संशोधित एकीकृत निर्देशनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?