मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सर्वसाधारणले खरिद गर्न मिल्ने माछापुच्छ्र बैंकको सेयर बिक्रीमा

काठमाडौँ- माछापुच्छ्रे बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । 

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (पुस २६ गते) देखि ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?