मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ– आज येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै छ ।

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर २५का दिन विश्वभर क्रिश्चियन धर्मावलम्बीहरुले ‘क्रिसमस डे’ मनाउँदै आएका छन् ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । कुमारी मरियमको गर्भमा पवित्र आत्माबाट गर्भवती भई येशु ख्रीष्ट जन्मेका थिए ।

येशु ख्रीष्टले मुख्यत मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले यसैलाई दिवसका रुपमा मनाउने गरेका छन् । यसै अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

नेपालमा विसं २०६३ देखि ख्रिष्टियन महासंघले यसलाई महोत्सवका रुपमा मनाउँदै आएको छ । नेपालमा यस समुदाय लगायत अन्य मानिसहरुले समेत धुमधामका साथ ‘क्रिसमस डे’ मनाउँदै आएका छन् ।

यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका नेताहरुले समुदायलाई शुभकामना सन्देश व्यक्त गरेका छन् ।
महासंघ मूल समारोह समितिको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘क्रिसमस महोत्सव २०८१’ आयोजना गरी दिवस मनाउँदै छ ।

काठमाडौँ उपत्यकाका बौद्ध, ठमेल लगायतका पर्यटकीय क्षेत्र र शहरहरुमा ‘क्रिसमस डे’को रौनक छाएको छ । त्यसैगरी काठमाडौँ भन्दा बाहिर पनि यो दिवसलाई निकै रौनकका साथ मनाउँदै आएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?