काठमाडौँ– मानव शरीरको अधिकाश अङ्गमा रौँ उम्रिएको हुन्छ । तर हत्केला र पैतलामा रौँ उम्रिएको हुँदैन । सन् २०१८ मा गरेको एक अनुसन्धानको अनुसार मानिसको हत्केला र पैतलामा कहिल्यै पनि रौँ उम्रिदैन ।
युनिभर्सिटी अफ पेन्सिलभेनियाका छाला विशेषज्ञहरूले यसबारे अनुसन्धान गरेका छन् । हाम्रो शरीरमा एक किसिमको प्रोटिन हुन्छ । जसले मालिक्युलर म्यासेन्जरको काम गर्ने गर्छ । जुन नसाका बीच कपाल उम्रन, स्पेश र बढाउनको लागि जानकारी लिने गर्छ ।
यस प्रोटिनबाट आउने सूचना र कपाल उम्रनको लागि महत्वपूर्ण रहेको छ । यो शरीरको लागि एउटा महत्वपूर्ण जीन हो । जुन रौँ उम्रनका लागि प्राकृतिक रुपमा शरीरमा अवरोधहरु सृजना गर्छ ।
यो अवरोधलाई पनि एक प्रोटिनका रुपमा लिन सकिन्छ । जसलाई ‘डिककफ’ भनिन्छ । यसैको कारणले हाम्रो हत्केला र पैतलामा कपाल उम्रिदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया