काठमाडाैँ- डा. खगराज बरालद्वारा लिखित उपन्यास ‘प्रतिरूप’ सार्वजनिक भएको छ ।
सांग्रीला बुक्सले प्रकाशित गरेकाे उपन्यासमा बरालले धैर्य, साहस र उत्साहको त्रिवेणीले मानवीय संवेगमा पार्ने प्रभावलाई सचित्र प्रस्तुत गरेका छन् ।
उनले यसलाई नेपाल र भारतका विभिन्न परिवेशमा फैलिएको ‘प्रतिरूप’ द्विदेशीय परिवेश, भाषा , संस्कृति , संस्कार र सभ्यताको सङ्गम मानेका छन् ।
शैक्षिक क्षेत्र र सामान्य प्रशासनका विविध पक्षमा ख्याति कमाएका पूर्व सचिव बरालको दोस्रो आख्यान हो । बरालको यसअघि ‘स्यानी’ (उपन्यास), ‘सिकाइ र सहयोग’ र ‘सिकाउने शैली’ (गैह्र-आख्यान)पुस्तक सांग्रीला बुक्सबाटै प्रकाशित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया