काठमाडौँ– आर्टफिसियल इन्टिलिजेन्स (एआई) कम्पनी ओपनएआईले भिडियो जेनेरेसन टुल (सामग्री) सबैले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक गरेको छ ।
पहिले केही प्रयोगकर्ताका लागि मात्र दिइएको यो टुल सबैका लागि उपलब्ध हुनासाथ अत्यधिक प्रयोगकर्ताले प्रयोग गर्न खोजेपछि साइटमा समस्या देखिएको छ । टेक्स्ट टु भिडियो टुल ‘सोरा’ रिलिज भएपछि हाइ ट्राफिकका कारण सोराको खाता निर्माण गर्न नमिल्ने भएको छ । पुराना प्रयोगकर्ताले पनि यसको प्रयोग गर्न झण्झट बेहोर्नुपरेको छ ।
प्रयोगकर्ताले निश्चित रकम तिरेपछि शब्द लेखेकै भरमा भिडियो सिर्जना गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ‘सोरा’ ले वास्तविकजस्तै लाग्ने भिडियोहरु सिर्जना गर्नेछ । जुन कुनै एक मिनेट लामो पनि हुन सक्नेछ । सोराले एनिमेसनदेखि वास्तविकजस्ता लाग्ने भिडियोहरु निर्माण गर्न सक्छ । कम्पनीले जनाएअनुसार यो टुलले डिपेफेक भिडियो र अश्लील भिडियो सामग्रीहरु भने तयार गर्दैन ।
कम्पनीले कुनै चर्चित व्यक्तिका भिडियोहरु नबनाउने तर सिर्जनात्मक भिडियो बनाउने बताएको छ । साथै सोराको भिडियोमा एआईबाट निर्माण गरिएको भिडियो जानकारी समेत दिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया